आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

न्याय परिषद्को सदस्यका लागि सिफारिस भएका खड्काले पेस गरे कार्ययोजना

आइतबार, २० माघ २०८१, १६ : ५०
आइतबार, २० माघ २०८१

काठमाडौँ । संसदीय सुनुवाई समितिमा न्याय परिषद्को सदस्यका लागि सिफारिस भएका दामोदर खड्काले आफ्नो कार्य योजना पेस गरेका छन् । सुनुवाइका लागि उनले आफ्नो कार्य योजना पेस गरेका हुन् ।

उनी नेपाल बार एसोसिएसनका तर्फबाट परिषद्को सदस्यका लागि सिफारिस भएका थिए । परिषद्को सदस्य सर्वोच्च अदालतको न्यायाधीश सरह हुने भएकाले संसदीय सुनुवाइबाट अनुमोदन हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

सोही व्यवस्था अनुसार सुनुवाइ समितिले उजुरी आव्हान गर्दै उनको सुनुवाई गरिरहेका छ । उनी विरुद्ध कुनै पनि उजुरी परेको छैन । परिषद् हाल एक सदस्य खाली रहेको छ। 

सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनलाई नियुक्ति दिने छन् । वरिष्ठ अधिवक्ता रहेका खड्काको नाम बारले माघ पहिलो साता सिफारिस गरेको थियो ।

111

2345678

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप