माघ २४ गतेदेखि क्यान इन्फोटेक हुने

काठमाडौँ । क्यान इन्फोटेकको ३०औँ संस्करण माघ २४ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २४ गतेदेखि २८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ३० औँ संस्करणको क्यान इन्फोटेक आयोजना गर्न लागेको जनाएको हो ।
क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलले जानकारी दिए ।
नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने उनले बताए ।
क्यान इन्फोटेकमा करिब १५० स्टल रहने र करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गर्ने अनुमान गरिएको क्यानले जनाएको छ । क्यान इन्फोटेकको ३०औँ संस्करणमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए