आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

आइफामा लापता लेडिजलाई सबैभन्दा धेरै मनोनयन

आइतबार, २० माघ २०८१, १६ : २३
आइतबार, २० माघ २०८१

नयाँ दिल्ली । बलिउड निर्देशक किरण रावको निर्देशनमा बनेको फिल्म ‘लापता लेडिज’ इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड २०२४ मा लोकप्रिय विधामा सबैभन्दा धेरै मनोनयनमा परेका छन् । 

अवार्ड प्रतियोगिताका आयोजकहरूले यो घोषणा गरेका हुन् । किरण रावको लापता लेडिज नौ मनोनयनसहित सबैभन्दा माथि छ ।

 अनीश बज्मीको हरर कमेडी फिल्म ‘भूल भुलैया ३’ले सात वटा विधामा मनोनयनमा परेको छ । अमर कौशिकको ‘स्त्री २– सरकटे का आतङ्क’ छ मनोनयनसहित तेस्रो स्थानमा छ ।

  • जयपुरमा हुनेछ आइफा अवार्ड

मार्च ८ देखि ९ सम्म जयपुरमा आयोजना हुने आइफा अवार्डको रजत महोत्सव संस्करणमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, मुख्य भूमिकामा उत्कृष्ट प्रदर्शन, सहायक भूमिकामा उत्कृष्ट प्रदर्शन, नकारात्मकमा उत्कृष्ट प्रदर्शन सहित १० वटा विधाहरू हुनेछन् ।

  • उत्कृष्ट फिल्मको मनोनयनमा छन् यी फिल्म

लापता लेडिज, भूल भुलैया ३, स्त्री २– सरकटे का आतङ्क, किल, आर्टिकल ३७० र शैतान उत्कृष्ट फिल्मको मनोनयनमा परेका छन् । उत्कृष्ट निर्देशकको दौडमा किरण राव, निकिल नागेश भट, कौशिक, सिद्धार्थ आनन्द, अनीश बज्मी र आदित्य सुहास जाम्भा छन् । नितान्शी गोयल, आलिया भट्ट, यामी गौतम, क्याट्रिना कैफ र श्रद्धा कपूरले उत्कृष्ट मुख्य भूमिकाको अवार्डको लागि प्रतिस्पर्धा गर्दैछन् ।

  • उत्कृष्ट अभिनय दौडमा छन् यी स्टारहरू

उत्कृष्ट अभिनय विधामा स्पर्श श्रीवास्तव, राजकुमार राव, कार्तिक आर्यन, अभिषेक बच्चन र अजय देवगन मनोनित भएका छन् । छाया कदम, विद्या बालन, जानकी बोडीवाला र ज्योतिका र प्रियमणि उत्कृष्ट सह–भूमिका अभिनयको अवार्डको लागि प्रतिस्पर्धामा छन् । रवि किशन, अभिषेक बनर्जी, फरदीन खान, राजपाल यादव र मनोज पाहवाले उत्कृष्ट सहायक भूमिकामा अभिनयको लागि मनोनयन प्राप्त गरेका छन् ।

  • कसले पाउला नकारात्मक भूमिकाको अवार्ड ?

नकारात्मक भूमिकामा उत्कृष्ट अभिनयको लागि राघव जुयाल, आर माधवन, गजराज राव, विवेक गोम्बर र अर्जुन कपूर मनोनित भएका छन् ।  सचिन–जिगर र तनिष्क बागचीले उत्कृष्ट संगीत निर्देशन विधामा दुई–दुई मनोनयन पाएका छन् । प्रितम, लिजो जर्ज, सचेत–परम्परा, डीजे चेतस आदिया रिखारी र अमाल मलिक पनि मनोनयनमा परेका छन् ।

उत्कृष्ट संगीत निर्देशन विधामा, राम सम्पथ र एआर रहमान मनोनित भएका छन् । गायक अरिजित सिंह, करण औजला, दिलजीत दोसाँझ, बादशाह, जुबिन नौटियाल र मित्रजलाई प्लेब्याक सिंगर अवार्डको लागि मनोनयन गरिएको छ । 

श्रेया घोषालले लापता लेडीज र भूल भुलैया ३ का लागि उत्कृष्ट पाश्र्व गायिका विधामा दोहोरो मनोनयन प्राप्त गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप