आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु

आइतबार, २० माघ २०८१, १६ : ०७
आइतबार, २० माघ २०८१

क्यानबेर्रा । उत्तर पूर्वी अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । अचानक परेको मुसलधारे वर्षा र बाढीका कारण अरु हजारौँ घर भएका छन् । 

शुक्रबार यता उत्तरी क्विन्सल्यान्डको ठुलो हिस्सा बाढीको चपेटामा परेको बताइएको छ । बाढीका कारण घर र व्यवसायहरू डुबेका छन् । न्यून तटीय क्षेत्रमा बस्ने हजारौँ मानिसलाई घर छाडेर सुरक्षित स्थलमा जान भनिएको छ ।

आइतबार इन्घाममा बाढीमा डुबेर एक जना महिलाको मृत्यु भएको क्विन्सल्यान्डका प्रमुख डेभिड क्रिसाफुलीले भने । उद्धार गर्न गएको डुंगा रुखमा ठोक्किएर पल्टिएपछि ती महिलाको मृत्यु भएको बताइएको छ । उक्त डुंगामा ६ जना सवार थिए । अरु पाँच जनाको उद्धार गरिएको उत्तरी क्विन्सल्यान्डका राज्य विपद् संयोजक शेन चिलेपीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप