बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित
आइतबार, २० माघ २०८१, १६ : ०३
ताप्लेजुङ । ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीको माग गर्दै आह्वान गरिएको बन्दका कारण पूर्वी नेपालका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षण समिति लगायतले आह्वान गरेको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हो ।
बन्द आह्वान गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबिच झापाको दमकमा झडप भएको थियो । सो क्रममा केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वका विभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सुचारु गर्ने प्रयास गरिएको छ । विभिन्न माग राख्दै संघर्ष समितिले यही माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुन ट्रफी क्रिकेट : धनगढीको पहिलो जित
-
जापानी फिल्म फेस्टिभल : काठमाडौँमा सकियो, अब पोखरामा हुने
-
ललितपुर महानगरले गर्यो १२ फुटबल क्लबलाई सम्मान
-
नो केबलकार समर्थक १४ आन्दोलनकारी पक्राउ, एउटा गाडीमा तोडफोड
-
संसद्मा दर्ता भयो नागरिक उड्डयनसम्बन्धी दुई विधेयक, यसरी टुक्र्याइँदैछ क्यान
-
राजनीतिमा जितहार स्वभाविक हो, जित्दैमा उत्ताउलो हुनु पर्दैन : देउवा