भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
आइतबार, २० माघ २०८१, १५ : ४९

नयाँ दिल्ली । भारत र बंगलादेशबिच सम्बन्ध यतिबेला तनावपूर्ण छ । तर दुई पक्षबिच सम्बन्ध तिक्त भएपनि भारतले बंगलादेशलाई १६ हजार टन चामल दिएको छ ।
यो चामलको दोस्रो खेप शनिबार बंगलादेशको मोंगला बन्दरगाहमा पुगेको छ । दुई वटा जहाजमा ती चामल पठाइएको हो । यो खेपमा १६ हजार ४०० टन चामल थियो ।
बंगलादेशलाई भारतले ३ लाख टन चामल दिने सम्झौता भएको छ । यसमध्ये ४० प्रतिशत मोंगला बन्दरगाहमा र बाँकी चटगाउँ बन्दरगाहमा अनलोड गरिनेछ ।
यसअघि जनवरी २० मा ५ हजार ७०० टन चामल पठाइएको छ । केही दिन अघि बंगलादेशको अन्तरिम सरकारले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?