डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुखसहित पाँच जना पक्राउ

काठमाडौँ । डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख पक्राउसहित पाँच जनालाई पक्राउ गरेको छ ।
म्याग्दीको कुमारी बहुउदेश्यीय सहकारी संस्थाको डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
जसमा जिसस प्रमुख राजकुमार थापा, मन प्रसाद थजाली, रुद्र बहादुर गुरुङ, थम बहादुर गर्वुजा र देवी कुमारी थापा रहेका छन् ।
उनीहरूलाई म्याग्दी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई नियन्त्रणमा लिइएको म्याग्दी प्रहरीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए । उनका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा