कांग्रेस र कम्युनिष्ट पार्टीहरुले खिचडी राजनीति गरिरहेका छन् : वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले कांग्रेस र कम्युनिष्ट पार्टीहरुले खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका छन् । आइतबार राष्ट्रियसभाको बिशेष समयमा बोल्दै गौतमले सिद्धान्त फरक भएका कांग्रेस र कम्युनिष्ट पार्टीहरुले मिलेर चूनाव लड्ने र सरकार बनाउने काम गरेर खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका हुन् ।
उनले मुलुकलाई खिचडी राजनीति नचाहिने भएकाले यसलाई बहिष्कार गर्नुपर्ने धारणा राखे । हरेक पार्टीले स्वतन्त्र ढंगले जनताको बिचमा जाने र त्यसका आधारमा संगठन निर्माण गरेर देखाउनुपर्ने उनको भनाइ छ ।
गौतमले अहिले अध्यादेश नै राजनीतिक माहोल बनेको तर आफु अध्यादेशको पक्ष वा बिपक्षमा नरहेको जिकिर गरे । अध्यादेश जारी गर्दा बिपक्षीलाई पनि विश्वासमा लिनु उचित हुने उनले बताए ।
गौतमले राष्ट्रलाई लोकतन्त्रमा आधारित समृद्ध समाजवाद आवश्यक रहेको भन्दै यस दिशातर्फ सत्तापक्ष र प्रतिपक्ष कसैको ध्यान नरहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे