आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

ट्रम्पले धेरै बोल्दा समस्यामा ह्वाइट हाउसका सोनोग्राफर

आइतबार, २० माघ २०८१, १४ : ०१
आइतबार, २० माघ २०८१

वासिङटन डीसी । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेसँगै ह्वाइट हाउसका स्टेनोग्राफरहरूको समस्या बढेको छ । समाचार एजेन्सी एपीका अनुसार ट्रम्प सार्वजनिक भाषणमा यति धेरै बोलिरहेका छन् कि स्टेनोग्राफरहरूलाई उनका बयान टाइप गर्न गाह्रो भइरहेको छ । 

वेबसाइट ‘फ्याक्टबे एसई’ का अनुसार, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएपछि बाइडेनले पहिलो हप्तामा क्यामेराको अगाडि २४ हजार २५९ शब्द बोलेका थिए । यति बोल्न उनलाई २ घण्टा ३६ मिनेट लागेको थियो । यसपटक ट्रम्पले ७ दिनमा ८१ हजार २३५ शब्द बोलेका छन् । यति धेरै शब्दहरू भन्न उनलाई ७ घण्टा ४४ मिनेट लाग्यो ।

ट्रम्पले बोलेका शब्द संख्या ‘म्याकबेथ’, ह्यामलेट’ र ‘रिचर्ड ३’ जस्ता पुस्तकको भन्दा धेरै हो । आठ वर्षअघि पहिलो पटक पदभार ग्रहण गर्दा ट्रम्पले पहिलो हप्तामा ३३ हजार ५७१ शब्द बोलेका थिए । यति शब्द बोल्न उनलाई ३ घण्टा ४१ मिनेट लगेको थियो । अर्थात् ट्रम्प दोस्रो कार्यकालमा धेरै बोलिरहेका छन् ।

अघिल्लो चार वर्ष कार्यभार सम्हालेका बाइडेनका टिप्पणीहरू ट्रान्सक्रिप्शन गर्ने बानी बसालेका स्टेनोग्राफरहरू ट्रम्पका भाषण शबदमा उतार्दा उतार्दै थाक्न थालेका छन् । एसोसिएटेड प्रेसले स्रोतहरूलाई उद्धृत गर्दै छापेको समाचार अनुसार ट्रम्पले धेरै बोलेकोले हवाइट हाउसले अरु स्टेनोग्राफर भर्ना गर्ने विचार गरिरहेको छ ।

ट्रम्पले जनवरी २० मा यस कार्यकालको लागि शपथ लिएका थिए । आफ्नो पहिलो सम्बोधनमा उनले २२ हजारभन्दा बढी शब्द बोलेका थिए । चार दिनपछि, क्यालिफोर्नियाको आगलागीग्रस्त क्षेत्रहरूको भ्रमण गर्दा उनले १७ हजारभन्दा बढी शब्द बोले ।
 

ट्रम्प धेरै बोल्दा चिन्तित छन् विरोधी पनि

उनको यो स्वभावबाट ट्रम्पका विरोधीहरू पनि चिन्तित छन् । दशकौंदेखि ट्रम्पले मानिसहरूको ध्यान आकर्षित गर्न अनौठा तरिकाहरू प्रयोग गर्दै आएका छन् । न्युयोर्कका एक व्यापारीको रूपमा, उनको पक्षमा कथाहरू लेखिएका थिए, जसमा उनको झूटो प्रशंसा हुन्थ्यो । मानिसहरूले उसको बारेमा कुरा गरून् भनेर उसले आफ्नो भवनहरू सुनले जलप लगाए । बेचिने हरेक उत्पादनमा आफ्नो नाम पनि लेखे ।

ट्रम्प लगातार आउने भविष्यको लागि कार्यक्रम बनाइरहेका छन् र आफूलाई दर्शकहरूसँग जोडिएको राख्ने प्रयास गरिरहेको रिपब्लिकन पार्टीका लागि नीतिहरू बनाउने केभिन म्याडेन भन्छन् । यो कुरा शपथ ग्रहण समारोह पछि नै देखिन थाल्यो । उनले सुरुमा लामो उद्घाटन भाषण दिए र केही समयपछि आफ्ना समर्थकहरूलाई भेट्न एउटा मैदानमा पुगे । त्यहाँ पनि उनले भाषण दिए  ।

त्यसपछि उनी ओभल अफिस गए र त्यहाँ उनले एक घण्टा पत्रकारहरूको प्रश्नको जवाफ दिए । बारम्बार बोलिरहने ट्रम्पको यो बानीले उनका विरोधीहरूलाई भ्रमित भएको बाइडेनको सञ्चार कर्मचारीमा काम गर्ने केट बर्नरले बताइन् । उनी यति धेरै बोल्छन् कि उनका विरोधीहरू कुनै पनि मुद्दाको लामो समयसम्म विरोध गर्न सक्दैनन भन्ने बर्नरको भनाइ थियो ।

यो बानीका कारण ट्रम्प आफैँले पनि समस्या भोग्नुपर्ने हुन सक्ने उनले बताइन् । धेरै बोलेर उनले अमेरिकी जनतामाझ आफ्नो लोकप्रियता गुमाउन सक्ने उनको भनाइ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप