महामण्डलेश्वर बन्न ममताले दिएकी थिइन् १० करोड भारु ?
नयाँ दिल्ली । ९० को दशककी बलिउडकी शीर्ष अभिनेत्री ममता कुलकर्णी पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेकी छिन् । २०२५ को महाकुम्भ मेलामा किन्नर अखाडाले अभिनेत्रीलाई महामण्डलेश्वरको उपाधि दिएको थियो । अभिनेत्रीलाई यो पदवी दिएपछि धेरै बाबाहरूले यसको विरोध गरेका थिए ।
ममता कुलकर्णीलाई महामण्डलेश्वरको उपाधि प्रदान दिने कुराको खुलेआम विरोध गर्नेमा रामदेव र बागेश्वर धाम पनि थिए । दुवैले अभिनेत्रीको कठोर आलोचना गरेका थिए । बढ्दो विवादका बिचमा उपाधि पाएको ७ दिन भित्रै ममताको उपाधि खोसिएको छ ।
महामण्डलेश्वरको पदबाट हटाइएपछि अभिनेत्री रजत शर्माको ‘आपकी अदालत’मा गएकी थिइन् । यसमा उनले आफूमाथि लागेका सबै आरोपहरू स्पष्ट पार्दै आफ्ना विपक्षीहरूलाई उचित जवाफ दिएकी थिइन् ।
ममताले रामदेवलाई ‘उनी महाकाल र महाकालीसँग डराउनु पर्छ’ भनेर समेत भनेकी थिइन् ।
- बागेश्वर धामले पनि बनाएका थिए निशाना
२५ वर्षको उमेरमा सन्त बनेको दाबी गर्ने बागेश्वर धामले पनि ममता महामण्डलेश्वर बनेको विरोध गर्दै उनको आलोचना गरेका थिए । ‘कुनै पनि प्रकारको बाह्य प्रभावमा परेर कसरी कसैलाई महामण्डलेश्वर बनाउन सकिन्छ ? यो उपाधि केवल सन्त वा भिक्षुणीको आत्मा भएको व्यक्तिलाई मात्र दिनुपर्छ,’ बागेश्वले भनेका थिए । कार्यक्रममा ममताले यसको पनि जवाफ दिएकी थिइन् ।
‘धीरेन्द्र शास्त्री उर्फ बागेश्वर धामको जति उमेर छ (२५ वर्ष, त्यति त मैले तपस्या गरेकी छु । म धीरेन्द्र शास्त्रीलाई यति मात्र भन्न चाहन्छु कि आफ्नो गुरुलाई सोध म को हुँ अनि चुपचाप बस,’ उनले भनिन् । अभिनेत्रीमाथि १० करोड रुपैयाँ तिरेर महामण्डलेश्वरको उपाधि पाएको आरोप लागेको थियो । यसको जवाफमा उनले १० करोड भारु त परको कुरा हो आफूसँग १ करोड भारु पनि नभएको बताइन् ।
- बन्न चाहन्न थिइन् महामण्डलेश्वर
साध्वी बन्ने आफ्नो यात्राको बारेमा कुरा गर्दै, ममता कुलकर्णीले पछिल्लो २३ वर्षमा आफूले एउटै ‘एडल्ट’ फिल्म नहेरेको बताइन् । आफू कहिल्यै महामण्डलेश्वर बन्न नचाहेको पनि उनको भनाइ थियो । तर, किन्नर अखाडाका आचार्य लक्ष्मी नारायण त्रिपाठीको दबाबमा आफू महामण्डलेश्वर बन्न राजी भएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबिच समझदारी
-
बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए
-
गोर्खा भूतपूर्व सैनिक संगठनले आन्दोलनलाई निरन्तरता दिने
-
अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु
-
बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित
-
गाजापट्टी खाली गर्ने ट्रम्पको योजनालाई झट्का, अरब देशले मानेनन् प्रस्ताव