त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला
नेपाल सामु १ सय ४१ रनको लक्ष्य, सीताको ‘फाइफर’
आइतबार, २० माघ २०८१, १३ : ४४

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले जितका लागि १ सय ४१ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको हो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेटे डी लिडेले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ३८ बलमा ४१ रन जोडिन् । यसक्रममा उनले ४ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै, हेदर साइगर्सले २३ बलमा २६ रनको योगदान दिइन् ।
उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । फेबे मोल्केनबोर र रोबिन राइकले २१–२१ रन बनाए । नेपालका लागि सीता रानामगरले शानदार बलिङ गर्दै ५ विकेट लिइन् । उनले ३ ओभरमा मात्र १२ रन खर्चिइन् ।
मनिषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु वर्माले १–१ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : कुन पदमा कसले दिए उम्मेदवारी ? (नामावलीसहित)
-
राज्यको पैसा खर्च गरेर नेताका नाममा खेल प्रतियोगिता गर्नु कति जायज ?
-
कस्तो प्रश्न मर्यादित, कस्तो अमर्यादित ?
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक