आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

‘न्यानो वसन्त महोत्सव : चीनको तिब्बतका बारेमा कुरा गर्दै’ कार्यक्रम सम्पन्न

आइतबार, २० माघ २०८१, १३ : २०
आइतबार, २० माघ २०८१

‘न्यानो वसन्त महोत्सव : चीनको तिब्बतका बारेमा कुरा गर्दै’ भन्ने कार्यक्रम गत साता काठमाडौँमा सम्पन्न भयो । विभिन्न क्षेत्रका विद्वान्, कलाकार र अन्य व्यक्ति सहभागी रहेको उक्त कार्यक्रममा नेपाल–चीन मित्रतासँगै तिब्बतका सांस्कृतिक धरोहरका बारेमा चर्चा गरिएको थियो ।

नेपाल र चीनबिच सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा चीनको तिब्बत पुस्तकालयले आयोजना गरेको कार्यक्रमको सुरुआत वाङ मेङ्ग्यायोको स्वागत भाषणबाट भएको थियो । उनले नेपाल र चीनबिच आपसी समझदारी र मित्रता प्रगाढ बनाउन सांस्कृतिक आदान–प्रदानले विशेष भूमिका खेल्ने बताइन् ।

कार्यक्रमको मुख्य आकर्षणका रुपमा नेपालका प्रसिद्ध वास्तुकार अरनिकोको कथालाई गणेश कुमार जीसीले प्रस्तुत गरेका थिए । अरनिकोलाई नेपाल र चीनले सांस्कृतिक सम्बन्धको प्रतीकका रुपमा लिँदै आएका छन् । 

कार्यक्रममा नेपाल–चीन सांस्कृतिक र शैक्षिक संघका अध्यक्ष श्री हरिशचन्द्र शाहले अरनिको र राजकुमारी भृकुटीको मूर्तिको ऐतिहासिक महत्त्वबारे प्रकाश पारेका थिए । 
कार्यक्रममा हाजिरीजवाफ कार्यक्रम, फोटो प्रदर्शनी, थाङ्का चित्रकला प्रदर्शनी र गायन प्रस्तुति समेत रहेको थियो । नेपालका गायक फु शेर्पाले कालजयी गीत ‘एटर्नल स्टार’ प्रस्तुत गरेका थिए । ल्हासाका थाङ्का चित्रकार देजीको थाङ्का चित्रकला प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा ‘तिब्बत टुडे’ साप्ताहिकका नेपालका प्रकाशक गौतमले मिडिया र सांस्कृतिक चेतनाका बारेका चर्चा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप