रानी र विनीतले ल्याए हिन्दी गीत ‘हमनवा’
आइतबार, २० माघ २०८१, १२ : १७
काठमाडौँ । गायिका रानी शाक्यको नयाँ हिन्दी यीत ‘हमनवा’ सार्वजनिक गरिएको छ । गीत गायनमा उनले विनीत सिंहसँग सहकार्य गरेकी छन् । राज वीर र विनय चौधरीको शब्द तथा सङ्गीत रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।
गीतमा करण मेहेरा र अम्बिका भानीको अभिनय हेर्न सकिन्छ । भिडियोमा करण र अम्बिका एक अर्काको प्रेमभावमा देखिएका छन् ।
नितिन चन्दको निर्देशन रहेको गीतको भिडियोमा विष्णुको छायाङ्कन, माभेरिकको सम्पादन छ । अमेरिकामा रहेर गीतसङ्गीतमा व्यस्त रानीले आफ्ना नेपाली गीत जस्तै यो हिन्दी गीतलाई पनि दर्शकले मन पराउने अपेक्षा गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घटेन काठमाडौँ उपत्यकाको वायु प्रदूषण (तस्बिरहरू)
-
निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी गरिसक्यौँ : अर्थमन्त्री पौडेल
-
नागा चैतन्यसँग सम्बन्ध विच्छेदपछि यी निर्देशकसँग डेट गर्दैछिन् सामन्था ?
-
राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
-
जसपा बैठकमा बिषयगत छलफल
-
अहिले टौदहलाई फोटोजेनिक बनाइएको छ !