जलवायु परिवर्तनको मुद्दा विद्यालयको अनिवार्य शिक्षाका रुपमा लागू गर्नुपर्छ : वनमन्त्री ठकुरी
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको मुद्दालाई पाठ्यक्रममा समावेश गरेर लैजाने प्रतिवद्धता जनाएका छन् । शनिवार काठमाडौंमा न्युज एजेन्सी नेपालले आयोजना गरेको जलवायु परिवर्तनमा युवाका भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जलवायु परिवर्तनका मुद्दालाई विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनसम्बन्धी मुद्दाको बारेमा जानकारी दिन सरकारले पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।
उनले जलवायु परिवर्तनका मुद्दाहरु वन तथा वातावरण मन्त्रालयले मात्रै बोकेर नसक्ने भन्दै तल्लो स्तरबाटै स्थापित गर्दै र जनचेतना फैल्याउँदै लैजान जरुरी रहेको बताए । मन्त्री ठकुरीले सरकार युवाका मुद्दाहरुलाई गम्भीरताका साथ लिएर युवाहरुले उठाएका आवाजहरुलाई कार्यान्वयन गर्न अघि बढिरहेको बताए ।
निकट भविष्यमै युवा नीति पास गर्ने तयारीमा रहेको जानकारी दिँदै मन्त्री ठकुरीले युवाका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर रहेको बताए । मन्त्री ठकुरीले आगामी वर्षको बजेटमा जलवायु परिवर्तनको मुद्दामा युवाको सहभागिता र सक्रियतालाई अक्र बढी स्थान दिन प्रयास र पहल गर्ने दाबी गरे ।
मन्त्री ठकुरीले भने, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय युवाहरुका मुद्दाहरुलाई गम्भीरताका साथ लिइरहेका छौँ । युवाहरुका मुद्दाहरु, युवाहरुले उठाएका आवाजहरुलाई कार्यान्वयन गर्नका लागि हामीले अघि बढाइरहेका छौँ । युवाको संरचनागत हिसावले केन्द्रदेखि तल्लो स्थानीय तहसम्म पनि युवाहरुका आवाजहरु सुनिने, युवाहरुका मुद्दा स्थापित गर्नका लागि संरचना स्थापित भएका छन् । निकट भविष्यमै युवा नीति पास गर्न गइरहेका छौँ । त्यसका माध्यमबाट पनि यहाँहरुका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर छ ।’
उनले युवा सशक्तिकरणका लागि, युवालाई हरेक अवसरमा सहभागी गराउन नेपाल सरकार प्रयत्नरत रहेको समेत बताए । उनले भने, ‘जलवायु परिवर्तनका कुराहरु केबल वन तथा वातावरण मन्त्रालय र अन्य सरोकारवालातिर भन्दा पनि यसलाई तल्लो स्तरबाट स्थापित गर्दै अब त जलवायु परिवर्तनका कुरा पाठ्यक्रममा पनि समावेश गरेर विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था छ । त्यसको प्रक्रिया अघि बढाइरहेका छौँ । सबै पक्षमा हामी लागिरहेका छौँ । सबैको सल्लाह र सुझावका आधारमा आगामी दिनमा यसको प्रयासहरु गर्दै जानेछौँ ।’
कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले जलवायु परिवर्तनको मुद्दा पर्यावरणको मुद्दा मात्र नभइ सशक्तिकरणको मुद्दा पनि भएको बताए । उनले जलवायु परिवर्तनले राजनीतिक, आर्थिक, सामाजिक, पहिचान, सांस्कृतिक लगायतका बहुविषयहरुमा सरोकार बताए । उनले भविष्यको पुस्तालाई जलवायु परिवर्तनका मुद्दाका बारेमा जानकारी दिने उद्देश्यले मुद्दाबारे बहस र छलफल जरुरी रहेको बताए । जलवायु परिवर्तनको मुद्दा जलवायु सम्मेलन (कोप) का लागि नभइ आफ्नो जीवनसँग जोडेर हेर्न जरुरुी रहेको बताए ।
महाप्रवन्धक ऐरीले जलवायु शिक्षाको बारेमा आम नागरिकलाई बुझाउन जरुरी रहेको उल्लेख गरे । जलवायु परिवर्तनमा नेपालको सरोकार, समाज र व्यक्तिले गर्ने योगदानका बारेमा बुझाउनुपर्ने आवश्यकता रहेको बताए । जलवायु परिवर्तनको मुद्दा माग्ने, दिने र प्राप्त गर्ने भन्दा नेपालले किन जलवायु परिवर्तनको मुद्दा उठाइरहेको छ ? भन्नेकुरा आम नागरिकलाई बुझाउन जरुरी रहेको बताए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घटेन काठमाडौँ उपत्यकाको वायु प्रदूषण (तस्बिरहरू)
-
निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी गरिसक्यौँ : अर्थमन्त्री पौडेल
-
नागा चैतन्यसँग सम्बन्ध विच्छेदपछि यी निर्देशकसँग डेट गर्दैछिन् सामन्था ?
-
राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
-
जसपा बैठकमा बिषयगत छलफल
-
अहिले टौदहलाई फोटोजेनिक बनाइएको छ !