मस्कको डजलाई संवेदनशील वित्तीय भुक्तानीसम्म पहुँच
आइतबार, २० माघ २०८१, ११ : ३२

वासिङटन डीसी । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले जिम्मा पाएको सरकारी दक्षता विभाग (डज) ले सामाजिक सुरक्षा र मेडिकेयर ग्राहक भुक्तानी प्रणालीहरूसहित संवेदनशील वित्तीय डेटामा पहुँच प्राप्त गरेको छ । तर धेरै नेताहरूले यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सरकारी खर्च नियन्त्रण गर्न, संघीय कर्मचारीहरूलाई हटाउन, सरकारी खर्च कटौती गर्न, संघीय नियम र विनियमहरू घटाउन सरकारी दक्षता विभाग गठन गरेको थियो ।
यसको कमान्ड एलोन मस्कलाई सुम्पिएको थियो । मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागसँग संवेदनशील करदाता डेटामा व्यापक पहुँच छ । यस सम्बन्धमा सिनेटको वित्त समितिका प्रमुख डेमोक्रेट सांसद रोन वाइडेनले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन