आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

मेजर जनरल इयाल जामिरलाई नेतन्याहूले बनाए सेना प्रमुख

आइतबार, २० माघ २०८१, ११ : २३
आइतबार, २० माघ २०८१

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मेजर जनरल इयाल जामिरलाई इजरायली सेनाको नयाँ प्रमुख नियुक्त गरेका छन् । सामाजिक सञ्जालमा सेयर गरिएको पोस्टमा नेतान्याहूले यो जानकारी दिएका हुन् । 

जामिर इजरायली सेनाको २४ औँ प्रमुख हुनेछन् । उनले लेफ्टिनेन्ट जनरल हर्जी हालेवीको स्थानमा नियुक्त हुनेछन् । हालेवीले गत महिना आफ्नो पदबाट राजीनामा दिएका थिए । जामिरले मार्च ६ देखि इजरायली रक्षा बल (आईडीएफ)का प्रमुखको रूपमा कार्यभार सम्हाल्नेछन् ।

इजरायली मिडियाका अनुसार इजरायल र हमासबीच युद्धविराम भएपछि जनरल हालेवीले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए । २०२३ का अक्टोबर ७ मा हमासको आक्रमणमा लापरवाही स्वीकार गर्दै जनरल हालेवीले आफ्नो पदबाट राजीनामा दिए । 

नयाँ सेना प्रमुख नियुक्त भएकोमा हालेवीले जमिरलाई बधाई दिएकाछन् । मेजर जनरल अमिर बाराम र मेजर जनरल तमिर यादाईको नाम आईडीएफ प्रमुख बन्ने दौडमा थप दुई जना उम्मेदवारमा सुनिएको थियो । तर नेतन्याहुले जामिरमाथि विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?