आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’ को अफिसियल पोस्टर सार्वजनिक

आइतबार, २० माघ २०८१, १० : ४९
आइतबार, २० माघ २०८१

काठमाडौँ । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’ को अफिसियल दुई पोस्टर सार्वजनिक गरिएको छ । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दैछन् ।

आगामी फेब्रुअरी ११ बाट छायाङ्कन सुरु हुने फिल्मको पोस्टरमा कलाकार आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई खुशीको भावमा प्रस्तुत गरिएको छ । अडिसनमार्फत छनोट भएका यी कलाकारहरु सबै नयाँ हुन् ।

निर्देशक बस्नेतका अनुसार फिल्मको छायाङ्कन ७५ प्रतिशत अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायाङ्कन नेपालमा हुनेछ । ‘फिल्मका लागि हामीले चार सय जनाको अडिसन लिएका थियौँ । ती मध्येबाट पाँच कलाकार फिल्मका लागि छनोट गर्यौं’, निर्देशक बस्नेतले भने ।

फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुप का लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन् । मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद फिल्ममा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप