लन्डनमा बढ्दै अवैध आप्रवासी

लन्डन । लन्डनमा १२ मध्ये १ जना अवैध आप्रवासी बसोबास गरिरहेको तथ्यांक सार्वजनिक भएको छ । सन् २०२५ को पहिलो तीनसातामा मात्र १ हजार भन्दा बढी मानिस गैरकानूनी रूपमा डुंगामार्फत च्यानल पार गरेका छन् ।
बेलायतको प्रमुख युटिलिटी कम्पनी थेम्स वाटरले गरेको एक अध्ययनले सो तथ्यांक पुष्टि गरेको हो । सार्वजनिक तथ्यांक अनुसार करिब ७० लाख जनसङ्ख्या रहेको लन्डनमामात्र ८ प्रतिशत बढी अर्थात ५ लाख ८५ हजार मानिस अवैध रूपमा बस्दै आएको बताइएको छ । यद्यपि होम अफिसले भने कुनै संख्या सार्वजनिक गरेको छैन ।
टेलिग्राफले प्राप्त गरेको प्रतिवेदन अनुसार अधिकांश गैरकानूनी आप्रवासीहरु भिजिटर वा कामको भिसामा प्रवेश गरेर ‘ओभरस्टे’ बस्ने गरेको पाइएको छ । अवैध आप्रवासीहरूको संख्या कटौती गर्न सरकारलाई दबाब आइरहेको बेला बेलायतमा करिब १० लाख मानिस अवैध रूपमा बस्दै आएको विश्वास गरिएको छ ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्दै लाखौँ आप्रवासीलाई देश निकालाको अभियान सञ्चालन गरिरहँदा बेलायतका अवैध आप्रवासीहरूको सम्बन्धमा पनि कडा नीति लागू गरिनुपर्ने धारणा सार्वजनिक भएका छन् ।
छाया गृहमन्त्री क्रिस फिलिपले हालै सार्वजनिक भएको अवैध आप्रवासीको तथ्यांक अत्यन्त चिन्ताजनक रहेको बताएका छन् । अवैध आप्रवासीका कारण लन्डनमा करदाताबाट प्राप्त सार्वजनिक पूर्वाधार र सेवाको दुरुपयोग भइरहेको हुँदा पूर्ण रूपमा अस्वीकार्य रहेको रिफर्म यूकेका डिपुटी लिडर रिचर्ड टाइसले बताएका छन् ।
सिमाना बलियोसँग नियन्त्रण गर्ने र कानुनी रूपमा यहाँ आउनेलाई स्वागत गरिनुपर्ने अधिकारीहरूले बताएका छन् । अवैध आप्रवासीका कारण युटिलिटी, आवास, स्वास्थ्य सेवा अन्तर्गत एनएचएस, जीपी, शल्यक्रिया तथा विद्यालयलगायतका विभिन्न क्षेत्रमा नराम्रो असर पुगेको माइग्रेसन वाचका अध्यक्ष अल्प मेहमेटको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले