आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

संविधान संशोधनको बहस हुनै छोड्यो : विमलेन्द्र निधि

आइतबार, २० माघ २०८१, ०९ : ४३
आइतबार, २० माघ २०८१

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको गुनासो गरे । 

उनले संविधान संशोधनको मुद्दालाई नेपाली कांग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताए  । नेता निधिले संविधान संशोधनको लागि दुई तिहाइ आवश्यक रहेको भएपनि कानुन निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताए । 

नेता निधिले संविधान संशोधन र कानुन निर्माण पनि उत्तिकै आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप