पासाङले ल्याए 'सोलुखुम्बु डाँडामा हिउँ झर्छ'
आइतबार, २० माघ २०८१, ०९ : ०३

काठमाडौँ । गायक पासाङ लामाको नयाँ गीत 'सोलुखुम्बु डाँडामा हिउँ झर्छ' सार्वजनिक भएको छ । लामालाई गायनमा गायिका सुमिना लो तामाङले साथ दिएकी छन् ।
धनु ज्ञाङ्मी मगरले संगीत रहेको गीतको भिडियो रत्नकाजी जोशीले निर्देशन गरेका हुन् ।
सोलुखुम्बुकै रमाइलो भूभागमा छायाङ्कन भएको भिडियोमा गायक लामा र सन्ध्या क्षेत्रीको अभिनय छ ।