त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला
नेपालले आज नेदरल्याण्ड्ससँग खेल्ने
आइतबार, २० माघ २०८१, ०८ : ५८

काठमाडौँ । त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दै छ। खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
घरेलु टोली यसअघि नेपालले लगातार दोस्रो हार बेहोरेको छ। शनिबारको खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको नेपाल यसअघि भएको पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।
शृङ्खलामा नेपाल थाइल्यान्ड र नेदरल्याण्ड्स छन्। शृङ्खलामा सबै टोलीले एक अर्कासँग ३र३ खेल खेल्ने छन् ।
नेपालले माघ २२ मा थाइल्यान्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा पुन थाइल्यान्डसँग खेल्ने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : एपीएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा
-
बार निर्वाचन : कुन पदमा कसले दिए उम्मेदवारी ? (नामावलीसहित)
-
राज्यको पैसा खर्च गरेर नेताका नाममा खेल प्रतियोगिता गर्नु कति जायज ?
-
कस्तो प्रश्न मर्यादित, कस्तो अमर्यादित ?
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव