आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

हुन्डीको १६ लाख बढी नगदसहित २ जना पक्राउ

आइतबार, २० माघ २०८१, ०८ : ३३
आइतबार, २० माघ २०८१

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले हुन्डीको १६ लाख बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजपुर नगरपालिका ४ का वर्ष ४० का शिव मङ्गल साह र वर्ष २३ का प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गणका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए । 

भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिका ४ महुलिया नाकामा सशस्त्र प्रहरी मठीयाको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकल चेकजाँच  गर्दा १६ लाख ४९ हजार २०० रुपैयाँ सहित उनीहरू पक्राउ परेका हुन् । 

बरामद  नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप