राजवल्लभले सार्वजनिक गरे ‘औरा’

काठमाडौँ । अभिनेता राजवल्लभ कोइरालाले कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक गरेका छन् । शनिबार आयोजित एक समारोह बिच उनले कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले अहिलेको अवस्थासम्म आउन ४३ वर्ष लागेको बताए ।
‘कलाकार र कवि मेरो दुई पक्ष छ’, उनले भने ‘आज दुवै पक्षले आत्मीयता गरेको अनुभूति गरेको छु ।’ कृति छोरी औरामा समर्पित रहेको उनले बताए । पछिल्लो पटक ‘एक्टरः टेक वन’ फिल्मको छायांकन समय कृतिको तयारी गरेको उनले कार्यक्रममा कविता वाचन समेत गरे ।
पुस्तक विमोचन कार्यक्रममा साहित्यकार विप्लव प्रतीक, पत्रकार दिलभुषण पाठक, फिल्म निर्देशक दीपाश्री निरौला, निर्माता तथा गीतकार अविरल थापालगायत सर्जक तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो ।
‘औरा’लाई साहित्यपोस्ट डटकमले प्रकाशन गरेको हो । १०० भन्दा बढी कविता समावेश गरिएको संग्रहको आवरण कलाकार चिराग बाङ्देलले डिजाइन तयार गरेका हुन् ।
आरजे हुदै अभिनयमा प्रवे गरेका कोइराला अभिनीत पछिल्लो फिल्म ‘एक्टर : टेक वान’शुक्रबारबाट प्रदर्शन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
-
मोदीको कडा भाषणः अब आतंककारीहरूको बाँकी धर्ती ध्वस्त पार्ने समय आएको छ
-
भारतद्वारा पाकिस्तानीलाई मेडिकल भिसा पनि बन्द
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा