जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि
आइतबार, २० माघ २०८१, ०७ : ४७

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ । बैठक हिजोदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेन्डामा छलफल भइरहेको छ ।
समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने बताइएको छ । बैठक आज समापन गर्ने पार्टीकाे तयारी छ ।