आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल

आइतबार, २० माघ २०८१, ०४ : ५७
आइतबार, २० माघ २०८१

आज विक्रम संवत २०८१ साल माघ २० गते, आइतबार । ईश्वी सन् २०२५ फेव्रुवरी २ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–चतुर्थी, १३ घडी २४ पला, दिउसो १२ बजेर १४ मिनेट उप्रान्त पंचमी । नक्षत्र–उत्तराभाद्रपदा, ५२ घडी ५६ पला, रातको ४ बजेर ३ मिनेट उप्रान्त रेवती  । योग–शिव, १३ घडी ५२ पला, दिउसो  १२ बजेर २५ मिनेट उप्रान्त सिद्ध । करण–भद्रा, दिउँसो १२ बजेर १४ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४४ मिनेट । दिनमान २७ घडी १० पला ।  

आजको बार बेला  
बिहान ०६ बजेर ५२ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ५३ मिनेटदेखि बिहान ८ बजेर १४ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर १५ मिनेटदेखी बिहान ९ बजेर ३५ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५७ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५८ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४१  मिनेटदेखी दिउसो ३ बजेर  १ मिनेटसम्म रोग बेला ।
दिउँसो ३ बजेर २ मिनेटदेखि बेलुकी ४ बजेर २३ मिनेटसम्म उद्धेग बेला ।
बेलुकी ४ बजेर २४ मिनेटदेखि बेलुकी ७ बजेर २३ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर २२ मिनेटदेखि बेलुकी ५ बजेर ४४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट :  राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १६ मिनेटदेखि बिहान ६ बजेर ४ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) व्यापारमा लगानी बढाउने बाध्यात्मक परिस्थिति आए पनि समय मध्ययम रहेकाले ध्यान दिन जरुरी छ । विदेशबाट आयातित सामानको व्यापार फस्टाउनेछ भने स्वदेशमा उत्पादित सामानहरुले बजार पाउने सम्भावना कम छ । खोज तथा अनुशन्धानमा लाग्ने विद्यार्थीहरुका लागि समयले भनेजस्तो नतिजा ल्याउने सम्भावना कम छ । पहिला नै फिक्स भएको प्रिय पात्रसँगको भेट नहुने हुँदा मन खिन्न हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्ने योग रहेकोछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वों) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । परिवारका आवश्यकताहरु पूरा गर्न सकिने तथा व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नती हुने समय रहेको छ । साथीभाईसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पत्तिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरु सकारात्मक दिशामा अघि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । उद्योग, शेयर बजार र व्यापारबाट मनग्गे आम्दानी हुनेछ ।

कर्कट (हि, हु ,हे,हो,डा,डि,डु,डे,डो) समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईंको भूमिका महत्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईंको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) काम बढे पनि आम्दानी भने न्युन हुनेछ ।  न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सानो सानो कुरामा विवाद बढ्नेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। व्यापार, उद्योथ तथा शेयर बजारबाट आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ। काम, अध्ययन तथा व्यापारको शिलशिलामा यात्रा हुने योग रहेकोछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाहमार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नु,ने,नो,या,यि,यु) मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईंको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । बैकिङ वा शेयर बजारको क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईंको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाढिएर टाढाको यात्राको तय गर्नु पर्नेछ । पढाइ लेखाइमा मन नजाने तथा खोजमूलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेवीहरुले समाजमा काम देखाउन नसक्दा मान सम्मान टरेर जानेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको व्यापारमा कम हुनेछ । कृषि सहकारी तथा पशुपालन व्यवासाय फस्टाएर जानेछ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम थालनी गर्न सकिनेछ । । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । दाजुभाई तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) गीत संगीत तथा कला साहित्यको क्षेत्रमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्ने ग्रह योग रहेकोछ । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) पुराना कामबाट लाभ लिने समय रहेकोछ भने नयाँ काम शुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचानात्मक काम गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरुका लागी समयले साथ दिनेछ । विद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरेर आफन्त तथा गुरुवर्गहरुलाई खुशी राख्न सक्नेछन् । उत्पादनमूखी उद्योग तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्, 
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप