बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता, बढायो अंक दुरी
आइतबार, २० माघ २०८१, ०४ : ४०

काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर्न म्युनिख र बोरुसिया डर्टमण्डले संघर्षपूर्ण जित निकालेका छन् । शनिबार राती भएको खेलमा बायर्नले घरेलु मैदानमा होल्स्टीन किलसँग ४-३ को संघर्षपूर्ण जित निकाल्यो ।
बायर्नलाई जिताउन ह्यारी केनले दुई गोल गर्दा जमाल मुसियाला र सर्ज ग्नब्रीले एक-एक गोल गरे । जवाफमा स्टेभेन स्कर्जयब्स्की र फिन पोरथले ३ गोल गोल फर्काए ।
बोरुसिया डर्टमण्डले एफसी हेडेनहाइमविरुद्ध २-१ को जित निकाल्दै १० औं स्थान ओगटेको छ । उसको २० खेलबाट २९ अंक भएको छ ।
शीर्ष स्थानको बायर्नको ५१ अंक भएको छ भने एक खेल कम खेलेको बायर लिभरकुजेनको ४२ अंक छ । जहाँ ९ अंकको दुरी कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको अन्तिम इच्छा
-
रविलाई जिल्ला अदालत रुपन्देही पुर्याइयो
-
रवि पक्राउ प्रकरण : मानव अधिकार आयोग जाँदै रास्वपा
-
मुम्बईलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने धुनमा बेंगलुरु
-
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
चर्चित अस्ट्रेलियन महिला क्रिकेटर एस्ले गार्डनरले प्रेमिका मोनिका राइटसँग विवाह गरिन्