आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

इस्पानियोलसँग हार्‍यो रियाल मड्रिड

आइतबार, २० माघ २०८१, ०४ : ०७
आइतबार, २० माघ २०८१

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिड इस्पानियोलसँग हारेको छ । शनिबार राती भएको खेलमा रियाल इस्पानियोलसँग १-० ले हारेको हो । 

इस्पानियोललाई जिताउन कार्लोस रोमेरोले गरेको गोल नै निर्णायक बन्यो । यो हारले शीर्ष स्थानको रियाललाई निकै घाटा लागेको छ । एकातिर गुमाएका खेलको संख्या सूची बढेर ३ पुगेको छ भने अर्कोतिर दोस्रो स्थानको एटलेटिको मड्रिडसँग अंक दुरी छोटिएको छ । 

एटलेटिको जम्मा १ अंकले रियाल भन्दा पछि छ । तर, जितेका खेलको संख्या कम भए पनि एटलेटिकोको हार संख्या भने रियाल भन्दा कम जम्मा २ छ । रियालले भने ३ खेल गुमाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप