मोहम्मद सालाहले लिभरपुललाई दिलाए शानदार जित
आइतबार, २० माघ २०८१, ०१ : २९

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा मोहम्मद सालाहले शीर्ष स्थानको लिभरपुललाई शानदार जित दिलाएका छन् । लिग अन्तर्गत शनिबार राती भएको खेलमा सालाहको प्रदर्शनले लिभरपुल बर्नमथमाथि २-० ले हाबी भयो ।
अवे मैदानमा लिभरपुलका लागि दुबै गोल मोहम्मद सालाहले गरे । योसँगै लिगमा सालाहको १७८ गोल पुगेको छ । जितसँगै लिभरपुलले दोस्रो र तेस्रो स्थानका टोलीसँग ९ अंकको दुरी कायम गरेको छ ।
यस्तै, शनिबार भएका खेलमा एभर्टनले लेस्टर सिटीलाई ४-० ले हराउँदा रेलिगेशन क्षेत्रमा रहेको साउथह्याम्पटनले इप्सविच टाउनलाई २-१ ले हरायो । यस्तै, पुल्भ्सले एस्टन भिल्लालाई २-० ले पाखा लगाउँदा फलहमले न्यूक्यासल युनाइटेडलाई २-१ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार