१० बजे १० समाचार : दुई दर्दनाक हत्याकाण्डदेखि नेपाललाई निराशासम्म
काठमाडौँ । आज २०८१ माघ १९ गते शनिबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ प्रस्तुत गरेका छौँ–
- फोरजी प्रयोगकर्ता थपिए
छ महिनामा २८ लाखभन्दा धेरै फोरजी प्रयोगकर्ता थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत असार मसान्तमा मोबाइल ब्रोडब्यान्डमार्फत् हुने उक्त प्रयोगकर्ताको कुल संख्या २ करोड २२ लाख ३२ हजार ४१६ रहेकोमा पुस मसान्तमा आइपुग्दा यो संख्या २ करोड ५० लाख ७५ हजार ४१९ पुगेको हो ।
- माघ १९
हाम्रो राजनीतिक इतिहासमा ‘माघ १९’ दुईपटक कालो दिन भएर आयो — पहिलोपटक, २०१४ सालमा । त्यतिबेला राजा महेन्द्रले संविधानसभाको चुनाव नगरी प्रतिनिधिसभाको चुनावको घोषणा गरे । त्यसयता जनताका प्रतिनिधिले संविधानसभाबाट संविधान नलेख्दासम्म देशले दुर्दशा भोग्नुपरेको जगजाहेरै छ । दोस्रोपटक, २०६१ सालको माघ १९ कालो दिन भएर आयो ।
- आफन्तबाटै हत्या
विराटनगर महानगरपालिका– ५ विशाल चोकमा १४ वर्षीय चाँदनी यादवको हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्तले चार फिट गहिरो खाडल खनेर गाढेको खुलेको छ ।
- अछाम किशोरी मृत्यु प्रकरण
अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको मृत्यु प्रकरणमा शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ ।
- रातोपाटी स्पेसल : रङ्गमञ्च बहस
२०३४ सालतिर भारतको चण्डीगढमा दुईमहिने ‘इन्टरनेसनल थियटर वर्कसप’ सञ्चालन भएको थियो । नेपालबाट कलाकार हरिहर शर्मा (प्रज्ञा–प्रतिष्ठानमा कार्यरत) र इन्द्रनारायण श्रेष्ठ (सांस्कृतिक संस्थानमा कार्यरत) त्यस वर्कसपमा सहभागी हुन पुगेका थिए । त्यहाँ शर्माले लोकनाटक, ओपेन–एयर थियटर (खुला रङ्गमञ्च) आदिबारे प्रशिक्षण मात्रै लिएनन्, केही नाटक (मिर्जा साहिबां लगायत) समेत खेले ।
- प्रथम नेपाली महिला
रातोपाटीको भिडियो कार्यक्रम ‘प्रथम नेपाली महिला’ शृङ्खलाको नवौँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । यो एपिसोड मेलवादेवी गुरुङका सम्बन्धमा छ ।
- त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला
त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेको थियो ।
- अमेरिकी सहयोग कटौतीको असर
प्राध्यापक डा. युवराज सङ्ग्रौलासँग रातापाटीका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेका कार्यकारी आदेश र त्यसले पार्ने प्रभावलगायतका विषयमा रोहित दाहालले कुराकानी गरेका छन् ।
- अनेरास्ववियु (क्रान्तिकारी) निर्वाचन
गुटबन्दीले अस्तव्यस्त रहेको संगठनलाई ३२ वर्ष उमेर हद स्थापित गराउने र शान्तिपूर्ण ढंगबाट राष्ट्रिय सम्मेलन गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका फ्याक्सन इन्चार्ज तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मासँग राततोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् ।
- शनिबार विशेषा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म
-
शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
-
डोटीमा आठ करोडको सुन्तला उत्पादन
-
अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा
-
१० बजे १० समाचार : दुई दर्दनाक हत्याकाण्डदेखि नेपाललाई निराशासम्म
-
सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरा, महानगर मुकदर्शक