शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

भारतीय सेनाको कारबाहीमा आठ नक्सलवादी विद्रोहीको मृत्यु

शनिबार, १९ माघ २०८१, २० : ३८
शनिबार, १९ माघ २०८१

रायपुर । मध्य भारतको घना जङ्गलमा भारतीय कमाण्डोले शनिबार चलाएको कारबाहीमा कम्तीमा आठ नक्सलवादी विद्रोहीको गोली लागि मृत्यु भएको छ ।  सीमान्तकृत आदिवासीको अधिकारका लागि दशकौँ लामो युद्ध लडिरहेका नक्सलवादी आन्दोलनका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

छत्तीसगढ राज्यको बिजापुर जिल्लाको जङ्गली इलाकामा शनिबार बिहानैदेखि सशस्त्र झडप भएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।  उच्च प्रहरी अधिकारी सुन्दरराज पी ले एएफपीसँग भने– ‘भीषण गोली हानाहानपछि आज बीजापुर जिल्लाको जङ्गलबाट आठ जना माओवादीको शव फेला परेको छ ।’

विद्रोहीको साथबाट एउटा ग्रेनेड लन्चर र राइफलसमेत अन्य हतियार बरामद गरिएको र खोजी कार्य जारी रहेको उनले बताए । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ को सुरक्षा फौजको कारबाहीमा करिब २८७ विद्रोही मारिएका छन्।

भारतका गृहमन्त्री अमित शाहले गत वर्ष सरकारले सन् २०२६ सम्ममा नक्सलवादी विद्रोहलाई पूर्णरूपमा निस्तेज पार्ने बताए । माओवादीले स्थानीय बासिन्दाका लागि जमिन, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्सा माग्दै आएको छ ।

उनीहरूले भारतको पूर्व र दक्षिणका धेरै दुर्गम समुदायहरूमा प्रभाव जमाएको छ । सन् २००० को दशकको सुरुसम्म आन्दोलनका शक्ति र सङ्ख्या दुवैमा वृद्धि भएको थियो । त्यसपछि नयाँ दिल्लीले ‘रेड करिडोर’ भनिने उक्त क्षेत्रमा दशौँ हजार सैनिक तैनाथ ग¥यो र यसले आन्दोलनलाई निरन्तर क्षति पुगेको छ ।

यस द्वन्द्वमा सरकारी फौजमाथि कैयौँ घातक आक्रमणहरू पनि भएका छन्। गत महिना सडक छेउमा भएको बम विस्फोटमा परी कम्तीमा नौ भारतीय सैनिकको मृत्यु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप