शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा पृथकतावादीको आक्रमण, १८ सैनिकको मृत्यु

शनिबार, १९ माघ २०८१, २० : ३२
शनिबार, १९ माघ २०८१

क्वेटा । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना अर्धसैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

मङ्गोचर सहर नजिकै अर्धसैनिक बोकेको एउटा गाडीमा सशस्त्र आक्रमणकारीहरूले गोली चलाएको एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बलहरूले दशकौंदेखि सांप्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप