विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे
विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदबाट ६० दिनभित्र विधेयक पारित गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको कुरा मुख्य नभएको बताएका छन् । विराटनगरस्थित होटेल बिगमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले विधेयक पारित गर्ने प्राविधिक कुरा नभएर छिटो काम गर्ने विषय भएको बताए ।
‘मुख्य कुरा दायित्व र जिम्मेवारीलाई पुरा गर्ने मुख्य कुरा हो । यसलाई कानुनी व्यवस्था गरौँ वा नियमावलीले बाँधौँ भन्ने कुरा आएको छ । जुन कुरा प्रधानमन्त्रीले भन्नुभयो । मुख्य कुरा त्यो होइन,’ घिमिरेले भने, ‘तर समयभित्र आएका विधेयकलाई टुङ्गो लगाउने काममा संसद् गम्भीर बन्नुपर्छ । सबै गम्भीर बनेपछि अगाडि जान सक्छ ।’
उनले समयावधि भएन भन्ने निष्कर्षमा पुगिएको हो भने समय पनि तोक्न पनि सकिने बताए । तर, काम गर्दा टुङ्गिने कुरा भएकोले काममै ध्यान दिनुपर्ने उनको तर्क छ । उनले संसदीय समितिमा अहिले पनि १४ वटा विधेयक छलफलमा रहेको बताए ।
‘अहिले पनि संसदीय समितिमा १४ वटा विधेयक छन् । सङ्घीयतासँग सम्बन्धित निजामती ऐन, विद्यालय शिक्षा विधेयक पनि त्यही रहेको छ । अहिले हामीले ५ दिनसम्म संसद् स्थगित गरेको कुरा भनेको समितिलाई अवसर दिएको हो,’ घिमिरेले भने ।
उनले सङ्घीयता कार्यान्वयनसम्बन्धी सबै कानुनहरू बन्ने गरी प्रतिनिधिसभाले कोसिस गरिरहेको बताए । ‘संसद्ले गर्नुपर्ने काम नगरिरहेको महसुस गरेका छौँ । त्यो सबै गर्ने भनेको दलका माननीयज्यूहरूकै भूमिकाको कारणले हो । एउटा अधिवेशनभरकै क्यालेन्डर बनाउने कोसिस छ । तर, अलिक गाह्रो छ,’ सभामुख घिमिरेले भने, ‘म सभामुख हो । सभामुख भएको बेलामा थोरै कानुन हुँदा फलाना हुँदा थोरै भए भन्ने कुरा हो । के कारणले भयो भन्ने कुरा खोज्नुपर्यो, को जिम्मेवार हो ? ।’
उनले सरकारले संसदमा विचाराधीन रहेका विधेयकहरूका विषय पनि अध्यादेशमा ल्याएको विषयमा सदनले अस्वीकार गर्न सक्ने अधिकार संसद्लाई रहेको बताए । ‘सदनमा हुँदाहुँदै ल्याउन (अध्यादेश) पाइँदैन नि भन्ने हो भने । त्यो फिर्ता गर्न पनि सदन चाहिन्छ । सदन बसेपछि दुई वटा छलफल हुँदैन । एउटा फिर्ता हुन्छ एउटा छलफल हुन्छ,’ घिमिरेले भने ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेता, कार्यकर्ता भेटघाट गरिरहेको र राजनीतिमा फर्किने चर्चा भइरहेको विषयमा प्रतिक्रिया दिँदै सभामुख घिमिरेले पूर्व राष्ट्रपति हिँड्नु हुँदैन, कसैलाई भेट्नु हुँदैन भन्ने नभएको र आफूले पनि भेटेर सन्चो बिसन्चो सोधेको बताए । ‘मैले पनि भेटेर आएको हुँ । भेटमा सन्चो बिसन्चोको कुरा भयो । विकास निर्माणको कुरा भयो । सल्लाह, सुझावको कुरा भयो,’ घिमिरेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : दुई दर्दनाक हत्याकाण्डदेखि नेपाललाई निराशासम्म
-
सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरा, महानगर मुकदर्शक
-
आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ : महामन्त्री शर्मा
-
सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति
-
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : माधव नेपाल
-
भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)