शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित

शनिबार, १९ माघ २०८१, १९ : ३४
शनिबार, १९ माघ २०८१

काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन् । दोस्रो राष्ट्रिय सम्मेलनले रम्तेलको अध्यक्षतामा नया नेतृत्व चयन गरेको हो ।

सम्मेलनले संगठनको नाम समेत परिवर्तन गरेर नयाँ शक्ति विद्यार्थी युनियन समेत राखेको छ । नयाँ नेतृत्वका लागि केही पदमा निर्वाचन भएको थियो भने केही सर्वसम्मत निर्वाचित भएका हुन् । 

उपाध्यक्षहरूमा ओमनारायण महतो, भरत ढकाल, विशाल तिमिल्सिना, सुभाष न्यौपाने, सन्तोष नेपाली र मिना राई रहेका छन् । त्यस्तै महासचिवमा अनिलकुमार पटेल र आस्था नेपाली चयन भएका छन भने उपमहासचिवमा सुनिल धिताल र पशुपति ठाकुर रहेका छन्।

सचिवमा टेकराज कँडेल, सुजन गढ्तोला, रमेश देवकोटा (अभय), कोषाध्यक्षमा सुरेन्द्र यादव रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप