हमासद्वारा रिहा गरिएका तीन इजरायली बन्धकहरू को हुन् ?

एजेन्सी । इजरायल र हमास बीचको युद्धविरामको एक भागको रूपमा हमासले शनिबार आफ्नो हिरासतमा रहेका थप तीन बन्धकहरूलाई रिहा गरेको छ।
रिहा हुनेहरुमा ३४ वर्षीय यार्डेन बिबास, ५३ वर्षीय ओफर काल्डेरोन र ६५ वर्षीय किथ सिगेल रहेका छन्।
यार्देन बिबासलाई शनिबार बिहान दक्षिणी गाजा शहर खान युनिसबाट रिहा गरिएको थियो। उनका दुवै छोराहरू (पाँच वर्षीय एरियल र दुई वर्षीय काफिर) लाई पनि ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो। उनकी श्रीमती र दुई छोराहरू अझै पनि हमासको हिरासतमा छन्।
यसैगरी ओफर काल्डेरोन फ्रान्सेली मूलका इजरायली नागरिक हुन् । उनलाई दक्षिणी शहर खान युनिसबाट हमासले रिहा गरेको हो।
ओफर र उनका दुई छोराछोरीलाई पनि लडाकुहरूले बन्धक बनाएका थिए। नोभेम्बर २०२३ मा भएको अस्थायी युद्धविरामपछि उनका दुवै छोराछोरीलाई हमासले मुक्त गरिसकेको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले उनको रिहाइको स्वागत गरेका छन्। यसैगरी किथ सिगेल अमेरिकी मूलका इजरायली नागरिक हुन् ।
उनी र उनकी श्रीमती एड्रिएनलाई हमासका लडाकुहरूले काफर अज्जास्थित उनीहरूको घरबाट बन्धक बनाएका थिए। नोभेम्बर २०२३ को युद्धविराम सम्झौता अन्तर्गत एड्रियनलाई रिहा गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर