शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

टाइगर कप भलिबल : फाइनल खेल आइतबार हुने

शनिबार, १९ माघ २०८१, १९ : १७
शनिबार, १९ माघ २०८१

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको हो ।

आइतबार हुने पहिलो फाइलन खेल महिलातर्फको हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

एपिएफले पहिलो क्वालिफायरमा आयोजक टोली र आयोजक टोलीले दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित गरेका थिए ।

दोस्रो फाइलन खेल पुरुषतर्फको हुनेछ ।  दिउँसो एक बजेबाट सुरु हुने उक्त फाइलन खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने छन् । पुलिसले पहिलो क्वालिफायर र गण्डकीले दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको उक्त प्रतियोगिको विजेताले समान ५ लाख ८५ हजार ५५५ र उपविजेताले २ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप