शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

घर लिपपोत गर्न माटो लिन जाँदा ढिस्कोमा पुरिएर मृत्यु

शनिबार, १९ माघ २०८१, १८ : २९
शनिबार, १९ माघ २०८१

जुम्ला । जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एकजनाको मृत्यु भएको छ । 

घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए । 

चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासी ढिस्को खसेपछि उनी पुरिएकी हुन् ।  विमला गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन् । उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप