मोन्टी देसाईलाई क्यानले निरन्तरता नदिने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट टीमका प्रशिक्षक मोन्टी देसाईलाई निरन्तरता नदिने भएको छ । क्यानले शनिबार यसबारे जानकारी गराएको हो।
उनको २ वर्षे सम्झौता फेब्रुअरीबाट सकिएपछि सम्झौता नविकरण नगरिएको हो । क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना समेत दिएको छ ।
क्यानले लेखेको छ, ‘धन्यवाद कोच मोन्टी ! ‘एक बलको लडाइँ’लाई अविस्मरणीय जितमा परिणत गर्ने र खुसीको ड्रेसिङ रुमलाई परिवारमा परिणत गर्ने प्रशिक्षकलाई!’
‘हाम्रो एकदिवसीय स्ट्याटस रक्षा गर्नेदेखि एसिया कपमा एसियाली दिग्गज भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने र जोश र प्रतिबद्धताका साथ विश्वकपको मञ्चमा नाच्नेसम्म, तपाईंले नेपालको क्रिकेट सपनालाई उचाल्नुभएको छ,’ क्यानले लेखेको छ, ‘तपाईंको विश्वास, तपाईंको मुस्कान र तपाईंको हृदयले टोली मात्र होइन, तर स्थायी विरासत निर्माण गरेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसुर र ठगी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
-
अदालतबाट बाहिरिँदै रविले भने– म बोल्ने समय निकै नजिक आउँदैछ, प्रतीक्षा गर्नुहोला
-
माओवादीले प्रतिगमनविरुद्ध प्रतिरोध जुलुस निकाल्ने
-
निर्वाचित हुँदैमा जनप्रतिनिधि विधि र नियमभन्दा माथि हुँदैन: उपप्रधानमन्त्री सिंह
-
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी
-
नेपाली निर्माता जोशीको अङ्ग्रेजी फिल्म बेलायतका सिनेमा हलमा