‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
शनिबार, १९ माघ २०८१, १८ : ०७

धनुषा । नेपाल प्रहरीको ‘डीएसपी (प्रहरी नायब उपरीक्षक)हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ ।
सिरहाको लहान नगरपालिका–२ का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए । उनका अनुसार जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने रमेश श्रेष्ठसँग आफू नेपाल प्रहरीको डीएसपी हुँ भन्दै नगद रु ५० हजार ठगेको आरोपमा निजलाई पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक यादवले भने, ‘साहले आफू डीएसपी भएको भन्दै रु ५० हजार ठगी गरेकोबारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।’ पक्राउ परेका साहलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गराई थप अनुसन्धान थालिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग
-
दुई जना किशोरी बलात्कृत
-
अध्यादेशमार्फत ऐन बनाउने सरकारले शिक्षकका मागलाई बेवास्ता गर्नु निन्दनीय : माओवादी केन्द्र
-
सञ्चालनमा आयो हेटौँडा सिमेन्ट उद्योग, मंगलबारबाट क्लिङ्कर उत्पादन थाल्ने
-
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
-
निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी