‘सरकारले कर आतंक मच्चाएको छ, सडक संघर्षको विकल्प छैन’
पोखरा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले कर आतंक मच्चाएको आरोप लगाएका छन् । उनले सडक संघर्षको विकल्प नभएको समेत बताए ।
शनिबार पोखरामा आजपाले गरेको गण्डकी प्रदेश स्तरीय ‘कर आतंक विरुद्धको बृहत भेला’लाई सम्बोधन गर्दै अध्यक्ष साहले पोखराका उद्योगी व्यवसायीबाट कर लिने तर पोखराको पर्यटकीय विकासका लागि सरकारले चासो नदिएको आरोप लगाए ।
‘सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको छ । तर पोखराको पर्यटकीय विकासका लागि सरकारले के–के गरेको छ ? प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेरो प्रश्न छ, पोखराका उद्योगी, व्यवसायीसँग कर लिने तर पोखराको पर्यटकीय विकासमा चासो नदिने ?’ अध्यक्ष साहले भने, ‘पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले गरेको काम के हो ?, सरकारको योजना के छ ?, रणनीति के बनाएको छ ? किन पोखराको विकास भएन ? यसको बारेमा प्रधानमन्त्रीले पोखरावासीलाई जवाफ दिनुपर्छ ।’
पोखराका उद्योगी, व्यवसायीसँग सरकारले मनोमानी कर लिइरहेको भए पनि यहाँको पर्यटकीय सम्पदाको जर्गेना समेत गर्न नसकेको उनले बताए ।
पोखरामा पर्यटकीय प्रहरी न्यून मात्रामा रहेको बताउँदै ती पर्यटकीय प्रहरीकै बेहाल रहेको साहले बताए । पर्यटकीय प्रहरीकै अवस्था कहालीलाग्दो रहेको बताउँदै उनले पर्यटकको शान्ति, सुरक्षाको काम कसरी प्रभावकारी हुन्छ भन्ने बारेमा उनले सरकारसँग प्रश्न गरे । साथै वैदेशिक पर्यटकलाई भित्र्याउनका लागि सरकारसँग कुनै योजना नै नभएको र झन्डै दुई तिहाइ बहुमतको सरकार हचुवाको भरमा मनोमानी अध्यादेशमार्फत चलिरहेकाले जनताले यो सरकार फाल्न खोजिरहेको बताए ।
अहिले सरकार भ्रष्टाचार काण्डका ठुला फाइलहरूको पाना पल्टाउन समेत डराएको उनले बताए । गिरी बन्धु टिस्टेट, वाइडबडी, नक्कली भुटानी शरणार्थी, यती ओमन्नी लगायतका ठुला भ्रष्टाचारहरूमा दलाल दलतन्त्रका ठेकेदार नेता नै संलग्न रहेकाले सरकार यी भ्रष्टाचार काण्डको छानबिन गर्न नचाहेको साहले बताए ।
आजपा गण्डकी प्रदेश अध्यक्ष भोजराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा आजपा वरिष्ठ उपाध्यक्ष तिलक थापामगर, त्रिभुवन साह लगायतका नेताहरूको विशेष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
-
प्रेमीबाट छुटाउन आफन्तबाटै हत्या !
-
मेरो र तेरो गुटको भनेर कसैले पनि भल छोप्ने काम नगर्दा हुन्छ ः हिमाल शर्मा
-
विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे
-
नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
-
हमासले तीन इजरायली बन्धकहरूलाई रिहा गरेको बदलामा १८३ प्यालेस्टिनी पनि छुटे