कार्यक्रममा बेहोस भएका कावासाेती नगरपालिकाका वडाध्यक्षको निधन
शनिबार, १९ माघ २०८१, १६ : ४९

बुटवल । नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाको शनिबार निधन भएको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ३६ वर्षीय मिया शनिबार एमालेद्वारा गैँडाकोटमा आयोजित एक कार्यक्रममा सहभागी भएको बेला बेहोस भएका थिए ।
बसिरहेको कुर्सीमा बेहोस भएपछि उपचारका लागि चितवन लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । युवा संघ नवलपुरको १० औँ अधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिएर कुर्सीमा आएर बसेका वडा मिया बेहोस भएका थिए
मियालाई दिउँसो २:३० बजे चितवन मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी जेसी शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ