काठमाडौँमा दुई जनासहित ४ जना मृत फेला
शनिबार, १९ माघ २०८१, १६ : १३
काठमाडौँ । राजधानी काठमाडौँमा दुई जनासहित देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- काठमाडौँ, दक्षिणकाली नगरपालिका-७ दक्षिणकाली मन्दिर क्षेत्र सुधार समितिको प्राङ्गणभित्र पर्ने फाकु कुलोमा सोही नगरपालिका-६ कोटाल टोल फर्पिङ बस्ने ३५ वर्षीय गणेश भन्ने रमेश घिमिरे शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी काठमाडौँ महानगरपालिका-१६ बालाजु बाईपासस्थित प्राइम बैंकको पार्किङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ मामा भान्जा चोक नजिक सडक छेउमा सोही नगरपालिका-१८ निमबुखेडा बस्ने ४२ वर्षीय अचुत राज कलौनी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- बागलुङ, बागलुङ नगरपालिका-६ सल्यखर्क घर भई हाल बागलुङ नगरपालिका-२ लायन्स चोकस्थित टेलरमा काम गरी बस्ने ३३ वर्षीय शंकर नेपाली सोही ठाउँस्थित सडक छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइगर कप भलिबल : फाइनल खेल आइतबार हुने
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’
-
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष दाहाल
-
‘नेपालले अब ग्लोबल साउथको डिप्लोमेशीलाई प्राथमिकता दिनुपर्छ’
-
डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार
-
घर लिपपोत गर्न माटो लिन जाँदा ढिस्कोमा पुरिएर मृत्यु