सवारी दुर्घटनामा तीन जनाको मृत्यु
शनिबार, १९ माघ २०८१, १६ : १०
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
- तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित सडकमा दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा.५ ख २९९९ नम्बरको बस शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार चितवन भरतपुर महानगरपालिका श्रृष्टीचोक बस्ने २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ६ जनामध्ये ५ जनाको नारायणी सामुदायिक अस्पताल चितवनमा र १ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- नवलपरासी पश्चिम, सरावल गाउँपालिका-१ सालबासस्थित सडकमा प्रदेश ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूपन्देही अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- चितवन, खैरहनी नगरपालिका-८ मगनीचोकस्थित सडकमा वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १६२२ नम्बरको बसको ठक्करबाट रिक्सा चालक सोही नगरपालिका-३ गोठशोर बस्ने ४४ वर्षीय बलराम मैनालीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका रिक्सामा सवार १ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा रिहा गरिएका तीन इजरायली बन्धकहरू को हुन् ?
-
टाइगर कप भलिबल : फाइनल खेल आइतबार हुने
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’
-
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष दाहाल
-
‘नेपालले अब ग्लोबल साउथको डिप्लोमेशीलाई प्राथमिकता दिनुपर्छ’
-
डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार