देशको अवस्था यस्तो हुनुमा राजनीतिक दल दोषी : महतो
शनिबार, १९ माघ २०८१, १६ : ०२

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले देशको अवस्था बिग्रनुमा राजनीतिक दल नै जिम्मेवारी रहेको बताएका छन् ।
शनिवार सो पार्टीद्वारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष महतोले देश आर्थिक रूपले जर्जर हुनुका साथै राजनीतिक रूपले अस्थिर रहेको बताए । ‘राज्य र नागरिकबिच मेल छैन, सांस्कृतिक रूपले सबै विभक्त छन् यी सब हुनुको दोष राजनीतिक दललाई जान्छ’ अध्यक्ष महतोले भने ।
उनले अब यो व्यवस्था उल्टाउन राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको समेत बताए । सो कार्यक्रममा एमाले र नागरिक उन्मुक्ति पार्टीलगायत विभिन्न पार्टी परित्याग गरी युवा नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेको सो पार्टीका नेता सन्तोष मेहताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ
-
सर्टिफिकेट सच्याइदिन्छु भनेर ठगेको आरोपमा एक जना पक्राउ