सैफका छोरा इब्राहिमको डेब्यु फिल्मको पोस्टर सार्वजनिक
मुम्बई । बलिउड अभिनेता सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खान चाँडै करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘नादानियाँ’ बाट बलिउडमा डेब्यु गर्न तयार छन् । यस फिल्मबाट शौना गौतम पनि निर्देशनमा डेब्यु गर्दैछिन् ।
शनिबार स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले 'नादानियाँ' को पहिलो पोस्टर सार्वजनिक गरेको छ। इन्स्टाग्राममा पोस्टर सेयर गर्दै नेटफ्लिक्सले क्याप्सनमा लेखेको छ, ‘हरेक प्रेमकथामा थोरै मूर्खता हुन्छ। इब्राहिम अली खान र खुशी कपूरलाई मुख्य भूमिकामा ल्याउन गाह्रो छ। हेर्नुहोस मुर्खता । चाँडै आउँदैछ, केवल नेटफ्लिक्समा ।
‘नादानियाँ’को कथालाई लिएर निर्माताले केही संकेत दिएका छन् । निर्माताका अनुसार ‘नादानियाँ’ रोमान्टिक कथा हो जसले पहिलो प्रेमको जादू, पागलपन र निर्दोषपनलाई चित्रण गरेको छ । यो दक्षिण दिल्लीकी केटी पिया (खुशी) र नोएडाको मध्यम वर्गीय केटा अर्जुन (इब्राहिम) को कथा हो। जब तिनीहरूका दुई पूर्णतया फरक संसारहरू टकराउँछन्, तिनीहरू अलग बाटोमा हिँड्छन्।
रोमान्टिक फिल्ममा इब्राहिमn] सुनील शेट्टी, दिया मिर्जा, महिमा चौधरी र जुगल हंसराज जस्ता कलाकारहरूसँग स्क्रिन सेयर गर्दैछन्। नेटफ्लिक्समा रिलिज हुने यस फिल्ममा खुशी कपूर मुख्य अभिनेत्रीको रुपमा रहनेछिन् ।
‘नादानियाँ’ शौना गौतमको डेब्यु निर्देशन हो । यसअघि शौनाले ‘रकी और रानी की प्रेम कहानी’ मा सहायक निर्देशकको रुपमा काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भ्रष्टाचार अन्त्य गरि सुशासन कायम माओवादीले मात्र गर्छ’
-
सामुदायिक खानेपानी प्रणाली माथि लाग्दै आएको कर खारेज गर्छौँ : मन्त्री यादव
-
पाथीभरामा केबलकार निर्माण कार्य खारेजीको माग, कसले के भने ?
-
विश्वविमोहन श्रेष्ठका तीन कविता
-
नेपालका निधि हाम्रा निधि पनि थिए
-
कार्यक्रममा बेहोस भएका कावासाेती नगरपालिकाका वडाध्यक्षको निधन