संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथिकै हमला : महासचिव गुरुङ

हेटौँडा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथि कै हमला भएको बताएका छन् । सरकारले संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको समेत उनले आरोप लगाए ।
प्रेस सेन्टर नेपाल मकवानपुरले शनिवार हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले सरकारले ३१ वटा कानुनलाई अध्यादेश मार्फत संशोधन गर्नुले सरकारको नियत नै गलत भएको बताए । महासचिव गुरुङले विगतमा प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचार विरोधी अभियानलाई केपी शर्मा ओली नेतृत्वले सरकारले रातारात उल्टाउने काम गरेको बताए ।
‘देशको लोकतन्त्र र राष्ट्रियतामाथि खतरा पैदा भएको छ । सरकारको सोच र चिन्तनको कारण मुलुक गम्भीर सङ्कटमा फस्दै गएको छ । अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले नेपालको स्वाधीनताको रक्षा गर्न चुनौतीपूर्ण देखिएको छ’ उनले भने ।
मुलुकको स्वाधीनताको रक्षा गर्न अङ्गीकार गर्नुपर्ने परराष्ट्र नीति समेत सरकारले अङ्गीकार गर्न नसकिएको उनले बताए । सुशासनको नाममा सरकारले भ्रष्टाचारी र कमिसनतन्त्रलाई प्रशय दिने काम गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तातिँदै स्ववियु चुनावको माहौल, तस्बिरहरू
-
कुर्सी बोकेर किन संसद्बाट हिँडेँ ट्रुडो ?
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय