सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्न सके बेरोजगारी घटाउन सकिन्छ : ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्न सके बेरोजगारी घटाउन सकिने बताएका छन् । शनिवार बाग्लुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा बोल्दै ढकालले अहिले बाध्यतावश बिदेसिनुपरेको यथार्थलाई हटाउन स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताएका हुन् ।
उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको जिकिर गरे । अध्यादेशमार्फत परिवर्तन भएका कानुनहरूको सही कार्यान्वयन जरुरी रहेको उनको भनाई थियो ।
उनले भने- ‘एउटा बाध्यताले हामी बाहिर जानुपरेको छ । साधारण तरिकाबाट त्यो रोक्न सक्ने अवस्था छैन । त्यसको लागि हामीले नेपालमै अवसर दिनुपर्छ । त्यसो हुन सके मात्रै बाहिर विवश भएर जाने कुरा रोकिन्छ । हालै नेपाल सरकारले अध्यादेशमार्फत कानुनहरू ल्याएको छ । त्यो निजी क्षेत्रले स्वागत गरेको छ । कतिपय चिजहरू हाम्रा पुराना कानुहरू, भइरहेका कानुनहरू निजी क्षेत्रले दिएको सुझावअनुसार परिवर्तन भएका छन् । कतिपय पुराना कानुनहरू आफैँमा राम्रा पनि छन् । तर त्यसको सही किसिमले इम्प्लिमेण्ट हुन सकेको छैन । अध्यादेशमार्फत परिवर्तन भएका कानुनहरूको स्प्रिटअनुसार नियमावली, कार्यविधि र कार्यान्वयन हुन सके बेरोजगार घटाउने, आर्थिक समृद्धि बढाउने, विदेश जानलाई बाध्य हुनुपर्ने महसुस गरेका छौँ, त्यो अन्त्य गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविमोहन श्रेष्ठका तीन कविता
-
नेपालका निधि हाम्रा निधि पनि थिए
-
कार्यक्रममा बेहोस भएका कावासाेती नगरपालिकाका वडाध्यक्षको निधन
-
आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कप भलिबलको फाइनलमा प्रवेश
-
दोस्रो ‘एसियन सुटिङबल च्याम्पियनसिप’ इटहरीमा सुरु, नेपालसहित चार देशको सहभागिता
-
अभिनय प्रशिक्षणका लागि हरिहर शर्माको त्यो प्रयत्न