शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

नर्वेका पूर्वमन्त्री सोल्हाइमले गरे पूर्वाधार विकास समितिमा सम्बोधन

शनिबार, १९ माघ २०८१, १४ : २९
शनिबार, १९ माघ २०८१

काठमाडौँ । नर्वेका पूर्व मन्त्री तथा संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारी एरिक सोल्हाइमले संसद्को पूर्वाधार विकास समितिमा सम्बोधन गरेका छन् । शनिवार सोल्हाइमल समिति बैठकमा सम्बोधन गरेका हुन् ।

नेपाल भ्रमणमा रहेका सोल्हाइमले समिति सदस्यहरूसँग छलफल गरी आफ्नो आगामी संलग्नता र नेपालका दिगो विकास प्रयासहरूप्रति समर्थन समेत जनाए । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी दक्षिण एसियाली जलवायु रणनीति तथा नेपालको अन्तर्राष्ट्रिय वातावरणीय नेतृत्व विषयमा विचार समेत आदानप्रदान गरेका छन्।

सोल्हाइमले नेपालको हरित ऊर्जा रूपान्तरणमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै Varnabas Museum Hotel बाट सुरु हुने South Col Global Dialogue मा सहभागी हुन सहमति समेत जनाएका छन्। यो संवादले जलवायु परिवर्तन, ऊर्जा स्रोत व्यवस्थापन र दिगो विकास जस्ता विषयमा उच्च(स्तरीय छलफललाई प्रवर्द्धन गर्ने जनाइएको छ । जसले नेपाललाई जलवायु समाधानका लागि अग्रसर राष्ट्रका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । 

उक्त बैठकलाई सांसद राजेन्द्र बजगाईंले सहजीकरण गरेका थिए । दक्षिण एसियाली नेताहरूका विश्वासिला सल्लाहकार तथा प्रख्यात जलवायु अभियन्ता सोल्हाइमको संलग्नताले नेपालका पूर्वाधार तथा वातावरणीय नीतिहरूलाई सशक्त बनाउन र अन्तर्राष्ट्रिय विशेषज्ञता साथै सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप