काठमाडौँ । सिद्धार्थ आर्ट ग्यालरीमा कलाकार सुवेश केसी र समृद्ध मुखियाको कला प्रदर्शनी चलिरहेको छ । परम्परागत भाषा शैली र गल्ती गर्नबाट डराउने मानवीय गुणलाई चुनौती दिँदै एक दर्जन भन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
‘कलाको माध्यमबाट हामीले आफैँलाई बुझ्न पर्छ भन्ने सोचका साथ यी कलाकृति तयार पारेका हौँ । समाजमा सानो बेलादेखि नै मानिसहरूले हामीलाई भन्ने कुराबाट नै हामीले आफ्नो सोचको निर्धारण गर्छौँ । हामी प्रि-प्ररोगाम्ड छौँ र हाम्रो पहिचान छालामा मात्रै सीमित रहेको छ भन्ने विचारलाई फरक ढंगबाट देखाउन खोजेका छौँ ।” सुवेशले रातोपाटीलाई बताए ।
दुई कलाकारले मानिसको जीवनमा आउने उतारचढावलाई प्रस्तुत गर्नको लागि ३० हजार वटा काँटी प्रयोग गरेर एउटा कला समेत बनाएका छन् । यो प्रदर्शनीको शीर्षक ‘हु यु आर’ दिइएको छ ।
प्रतिक्रिया