नेपालद्वारा थाइल्याण्डसामु १ सय २ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले थाइल्याण्डसामु जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १ रन बनाएको हो ।
खेलमा नेपालको सुरुवात राम्रो हुन सकेन । दोस्रो बलमा नै सम्झना खड्का खाता नै नखोली आउट हुन पुगिन् । अर्की ओपनर ममता चौधरी पनि धेरै समय टिक्न सकिनन् । उनी २ रन बनाउँदै आउट हुँदा नेपालले ११ रन मात्र बनाउन सकेको थियो ।
तेस्रो विकेटका रूपमा कप्तान इन्दु वर्मा आउट भइन् । उनले १७ बलमा १५ रन जोडिन् । उनले २ चौका प्रहार गरिन् ।
पूजा महतो र रुविना क्षेत्री पनि लामो समय टिक्न सकेनन् । महतो ६ रन तथा क्षेत्री ४ रन जोड्दै पभेलियन फर्किए । यतिबेला नेपालले ४० रनमा ५ विकेट गुमाइसकेको थियो ।
त्यसपछि कविता कुँवर र बिन्दु रावलले नेपालको इनिङ्स सम्हाले । १७ औँ ओभरमा ८४ रनको स्कोरमा रावल बोल्ड हुन पुगिन् । उनले २५ बलमा २५ रन जोडिन् । यस क्रममा उनले ३ चौका हिर्काइन् ।
लगत्तै कुँवर पनि स्कुप सट खेल्ने प्रयास गर्दा बोल्ड भइन् । उनले ३२ बलमा २५ रन जोडिन् । उनले २ चौका हिर्काइन् ।
सीता रानामगर पनि ४ बल मात्र टिकिन् । उनले दुई रन बनाइन् । खेलको अन्तिम ओभरमा कविता जोशी ९ बलमा ८ रन जोड्दै क्याच आउट भइन् । उनले एक छक्का प्रहार गरिन् ।
थाइल्याण्डका लागि थिपाट्चा पुथावोङले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ३ विकेट लिइन् । फानिता माया र नाटाया बोचाथामले २–२ विकेट तथा चानिदा सुथिरुवाङले १ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश
-
सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल
-
विद्युत् प्राधिकरणको नाफा ‘फेक’ हो ?
-
पाङ्ग्रा बिना आएको बुद्ध एयरको विमान काठमाडौँमा सकुशल अवतरण
-
विराट गोल्डकप : एपीएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा