शनिबार, १९ माघ २०८१
ताजा लोकप्रिय

एलिनाले भनिन्– ‘विवाह गर्न हतार गरेछु’

पतिलाई गाली नगर्न आग्रह
शनिबार, १९ माघ २०८१, १३ : ०६
शनिबार, १९ माघ २०८१

काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी चौहानले वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले विवाह गर्न हतार गरेको स्वीकार गरेकी छन् । कसैले विवाह गर्दा डिभोर्स हुन्छ भनेर नगर्ने बताउँदै उनले धेरै सोचेर नै यो निर्णय लिएको खुलाएकी छन् । उनले भनेकी छन्, ‘कसैले बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । हिन्दु संस्कार अनुसार त झन् ७ जुनीका लागि हुन्छ भनेर गरेको हुन्छ । कसैको आमाबाबुले छोरीको डिभोर्स होस् भन्ने चाहँदैनन् । हामीले सोचेर नै यो निर्णय लिएका हौँ, दुई जना र दुई जनाको परिवारबिच कुरा गरेर ।’ 

अदालतको कुरा कसरी बाहिर आयो भन्ने कुरा पनि उनले आश्चर्य व्यक्त गरेकी छन् । ‘कति कुरा इच्छा भन्दा पनि जरुरी हुँदो रहेछ । मनमुटाब हुँदा पछि ठुलो दुर्घटना हुँदा झन् नराम्रो हुन्छ । अहिले केही बिग्रेको थिएन ।’ प्रेम सम्बन्ध हुँदा पनि आफूहरूबिच खटपट हुने गरेको भए पनि पछि त्यो ठिक हुन्छ भन्ने ठानेर आफूले विवाह गरेको उनको भनाई छ । तर, समय बित्दै जाँदा आफूले सहन नसेको उनको जिकिर छ ।

‘हाम्रो प्रेम विवाह हो । प्रेम सम्बन्ध हुँदा पनि हाम्रो धेरै खटपट हुन्थ्यो । मैले सहन्छु चुप लाग्छु एक दिन ठिक हुन्छ भन्ने सोचे । उहाँले पनि यतिको सहने केटीसँग मेरो जिन्दगी चल्छ भनेर बिहे गर्नुभयो,’ चौहानले भनेकी छन्, ‘समय बित्दै जाँदा मैले सहन सकिनँ । उहाँले भनेजस्तो मैले सबै पूरा गर्न सकिनँ ।’

उनले यस प्रकरणमा आफ्नो पतिलाई गाली नगर्न पनि आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘आफूले माया गरेको मान्छेलाई कसैले गाली गर्दा आफूले गाली खाएभन्दा बढी पीडा हुँदो रहेछ । मलाई साथ दिनुहोस् तर उहाँलाई नराम्रो नभन्नु होला । बरु मलाई गर्नुहोला । खरानी भएको मान्छेलाई आगोसँग डर हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप